रामेछापमा पैतीस सय काठको पोल फेरिदै



१० भदौ, रामेछाप ।
रामेछाप जिल्लाभर काठको पोल विस्तापित गर्ने कार्यक्रमले तीब्रता पाएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने क्रममा गाडेको काठको पोल विस्तापित गरेर स्टिलको पोल गाडने कामलाई अगाडि बढाएको हो । काठको पोल जिर्णे हुँदा विद्युत सर्ट हुने र नागरिकहरुको ज्यान नै जाने अवस्था सृजना भएपछि प्राधिकरणले एक बर्ष अघि झण्डै छ हजार काठको पोल विस्तापित गर्ने कार्यक्रम अगाडि बढाएको थियो ।

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले गत आर्थिक बर्षमा करिब २५ सय काठको पोल विस्तापित गरेर नयाँ स्टिलको पोल गाडिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘यस आर्थिक बर्षमा ३५ सय काठको पोल विस्थापित गरेर नयाँ पोल गाडने कार्यक्रम छ ।’
उनका अनुसार एक बर्षभित्र रामेछाप जिल्लाभर काठको पोल विस्तापित गरिने गरेर कार्यक्रम अगाडि बढाइको छ ।

काठको जिर्णे पोल सबै फेरिसकेका छौ, अब सबै काठका पोल नै हटाउने योजना अन्तर्गत काम भइरहेको छ, अधिकारीले भने । प्राधिकरणले विद्युतीकरण गरेको स्थानमा मात्र काठको पोल विस्तापित गर्ने कार्यक्रम अन्तर्गत काम भइरहेको बताउदै उनले भने,‘अत्यावश्यक स्थानमा काठको पोलबाट समस्या सृजना भएको ठाउँमा तत्काल पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्