नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः रामेछापका गुरुङ सहित ६ जनाको निधन



२३ भदौ, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ ।
हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् ।
हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु थिए । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा एक महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरिक्षक वसन्तवहादुर कँवरले बताए । घटनास्थल निकै दुर्गम भएकोले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको थियो । पछि लगत्तै हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ लगिएको छ । नुवाकोटको सदरमुकामबाट बर्सुन्चेत निर्क टाढा र भौगोलिक हिसावले समेत विकट भएकोले घटना भएको लामो समयपछि मात्र प्रहरी पुग्न सफल भएको हो ।


शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङ गाउँपालिकाको बर्शुन्चेत को मुईलाम ब्रामा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा रहेको बताईको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ का ल्होआनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भने हुने सकेको छैन ।
घटनाको विषयमा अझै एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको नेतृत्वमा गएको टोली घटनास्थल पुगिसकेक पनि मौसम र भू–वनौटका कारण खोजी र उद्धारमा समस्या भईरहेको नुवाकोटका प्रहरी उपरिक्षक कुवरले बताए । उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए

प्रतिक्रिया दिनुहोस्