सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने बंगलादेशको प्रस्ताव



३१ भदौ, काठमाडौं ।

रामेछाप र काभ्रेको सीमाना दोभनटारमा प्रस्तावित सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्नको लागि बंगलादेश सरकारले प्रस्ताव गरेको छ । रामेछापको सुनापती गाउँपालिका–४ बेथानस्थित दोभनटार र काभ्रेको तिमाल गाउँपालिकाको सीमाना प्रस्ताव गरिएको जलविद्युत आयोजना बनाउन बंगलादेश सरकारले प्रस्ताव गरेको हो ।


त्यसैग्री बंगलादेशले ११ सय १० मेगावाटका सुनकोशी दोश्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ ।

पावर एण्ड इनर्जी सप्ताहको क्रममा बंलदेशमा उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन समक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको मन्त्रीका स्वकीय सचिव सन्तोष पुनले रामेछाप न्युजलाइ जानकारी दिए । सिन्धुलीको सुनकोशी दोश्रो तथा काभ्रे र रामेछापको सुनकोशी तेस्रो जलविद्युत आयोजना हाल विद्युत् विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ ।

जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) र नेपाल विद्युत प्राधिकरणले दुबै आयोजनाको सन् १९८४ मा जलाशययुक्त आयोजनाको रुपमा पहिचान गरेको थियो ।
सुनकोसी तेस्रो जलविद्युत आयोजनाको अध्ययन गर्ने काम पनि धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्