सुनापती गाउँपालिकाको भ्वाँसामा मौनव्रत सम्पन्न



६ कात्तिक, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा तेस्रो बार्षिक मौनव्रत सम्पन्न भएको छ । शरीर मन र बचनलाई शुद्ध बनाउने उदेश्यले मौनव्रत कार्यक्रम आयोजना गरिएको हो ।


भ्वाँसास्थित पेमा छ्योइलिङ गुम्बाका खेन्पो कोन्छ्योक नोर्बु तामाङ र खेन्पो फुर्बा तामाङको प्रमुख आतिथ्यमा मौनव्रत कार्यक्रम सम्पन्न भएको हो । पेमा मणि आमा समुह भ्वाँसको आयोजनामा भएको कार्यक्रममा बौद्ध धर्मालम्बीहरुको उल्लेखिय सहभागीता रहेको थियो ।

खेन्पो फुर्बा तामाङले शान्तिको सन्देश अझ व्यापक रुपमा फैलाउने र मानवहितको कल्याणको लागि गरिएको मौनव्रतले समाजमा राम्रो सन्देश गएको बताउनुभयो । जीवनमा पुण्य कमाउन, समाजमा अझै शान्ति फैलाउन जप मन्त्र र गम्भीर साधन गर्नको लागि मौनव्रतको आयोजना गरिएकाे उहाँले बताउनुभयो ।

खेन्पो फुर्बा तामाङले आगामी दिनमा पनि मौनव्रतको कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउदै समाजमा शान्तिको सन्देश फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्