तीन जिल्लालाई हेर्ने गरी रामेछापमा खानेपानी डिभिजनको प्रदेश कार्यालय



३ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा खानेपानी डिभिजनको प्रदेश कार्यालय स्थापना हुने भएको छ । सरकारले तीन जिल्लालाई हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा प्रदेश कार्यालय सञ्चालनमा आउन लागेको हो । मन्थलीमा स्थापना हुने प्रदेश कार्यालयले सिन्धुली र दोलखा जिल्लाको खानेपानी आयोजना हेर्नेछ ।
संघीय सरकार अन्तर्गत रामेछाप जिल्लामा अब तीन वटा मात्र खानेपानी आयोजना सञ्चालन हुने खानेपानी डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘रामेछापमा हाल निर्माणाधिन ५८ वटा खानेपानी आयोजना मध्ये रामेछाप वृहत्त खानेपानी आयोजना, मन्थली खानेपानी आयोजना र खाँडादेवी गाँपालिकाको भिरपानी पकरवास खानेपानी आयोजना मात्र संघीय सरकार अन्तर्गत सञ्चालन हुन्छ ।’ बाँकी ५५ वटा खानेपानी आयोजनाहरु भने प्रदेश कार्यालय अन्तर्गत सञ्चालन हुनेछ । चौलागाईका अनुसार केही दिनभित्र नै प्रदेश कार्यालय सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्