रामेछाप विमानस्थल निर्माणमा ४ करोड ब्रम्हलुट !



रामेछाप ।
सरकारी काममा ठेक्का दिने र अनुगमन नहुने प्रचलन पुरानै हो । नागरिकले तिरेको करबाट निर्माण हुने विकास निर्माणमा सरकारले ठेक्का दिएपछि आफ्नो दायित्व र कर्तव्य सबै विर्सिन्छ । सरकारी कर्मचारीकै मिलेमतोमा करोडौ रुपैयाँ झ्याम हुँदै आएका धैरै उदाहरणहरु छन् ।

के ठूला आयोजना के साना आयोजना सबैमा कर्मचारी, ठेकेदार र राजनीतिक दलका प्रतिनिधिहरु मिलेर काम थोरै बाँडफाँड धेरै हुने गरेको छ । यसको उदाहरणको रुपमा रामेपछाको सदरमुकाम मन्थलीको निर्माण गरिएको विमानस्थललाई लिन सकिन्छ । लामो समयदेखि कच्ची विमानस्थल पिच त भयो तर पिच हुन नपाउदै भत्किएपछि रामेछापबासी थप चिन्तित भएका छन् ।

IMG_7530

हवाइजहाज होइन नेपाली सेनाको हेलिकप्टर बस्दा नै विमानस्थलमा खाडल परेपछि प्लेन कसरी अवतरण हुन्छ भन्ने बहस सुरु भएको छ । जहाँ हेलिकप्टरका पांग्रा परे त्यहाँ सामान्य माटोझैं गरी कालोपत्रे भासिएपछि ठेकेदारको ब्रम्हलुट सार्वजनिक भएको थियो । रामेछाप विमानस्थल कालोपत्रे गर्ने काम गुणस्तरहीन भएकाले कारण खाडल परेको स्थानीय बताउछन । लामो समपछि अब त बिमानस्थल पिच भएपछि राम्रो भयो भनेर ढुक्क भएका रामेछापवासी पुन निराश भएका छन् ।
कालोपत्रे पातलो हुनाका साथै अलकत्रा पकाउने र पाकेको अलकत्रा चिसो भएपछि मात्र विमानस्थलमा हालेर पेल्ने गरेकाले कमजोर भएको स्थानीयको बताएका छन् । पाँच इन्च कालोपत्रे हुनुपर्नेमा ठेकेदारले करिव तीन इन्च मात्रै कालेपत्रे हालेका कारण करोडौ रुपैयाँ स्वाह हुने भएको छ ।

विमानस्थलको काम हेर्नका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेका आयोजना प्रमुख योगेन्द्र शर्माले ठेकेदारको दादागिरीका कारण यस्तो परिणाम आएको भन्दै गुनासो गर्ने गरेका छन् । ठाउँठाउँमा होचो र पानी जम्ने धेरै स्थान भएको पाएपछि शर्माले त्यसमा चिनो लगाउदै कालोपत्रे थप्न आग्रह गरेका थिए तर ठेकेदार त्यसमा वास्तै नगरी काम अगाडि बढाउदा अहिले समस्या आएको निर्माण कार्यमा संलग्न एक कामदारले बताए ।

रामेछाप विमानस्थलको काम कालोपत्रे गर्ने जिम्मा पाएका ठेकेदार कालिका÷थोदुङ जेभीका आङनिमा शेर्पा हुन । उनले सुरुमा विमानस्थलको काम गर्नका लागि बेतालीका केदारवहादुर कार्कीलाई जिम्मा दिएका थिए । कार्कीले बीचमै काम छोडेपछि शेर्पाका छोरा आफै वसेर कालोपत्रे गराएका थिए ।
एक सय ३० मिटर लामो २० मिटर चौडा रनवे र चार वटा टीवनअटर जहाज पार्किङ गर्नसक्ने एप्रोन कालोपत्रे गर्नका लागि सुरुमा तीन करोड ७३ लाखमा ठेक्का लगाएकोमा प्राधिकरणले विभिन्न काम थप गरेको भन्दै लागत बढाएर ठेकेदारको पक्षमा बढी रकम भुक्तानी गर्ने कागज वनाएको थियो । बढेको लागत अनुसार विमानस्थलको सवै काम सकिदा चार करोड ४५ लाख खर्च लाग्ने देखिएको छ । राजधानी काठमाडौंबाट झण्डै एक सत्तरी किलोमिटरको दुरीमा रहेको छ । राजधानीबाट सवैभन्दा नजिक पर्ने रामेछाप विमानस्थललाई प्राधिकरणले आपतकालीन अवतरण र होल्ड भएका विमानहरुलाई राख्ने गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्