चौमासिक साहित्यिक पत्रिकाको विमोचन



उर्लाबारी (मोरङ)   ।

मोरङको उर्लाबारीमा ‘साहित्य दर्पण’ नामक एक चौमासिक साहित्यिक पत्रिकाको आज बिहान विमोचन गरिएको छ ।

स्थानीय उर्लाबारी बहुमुखी क्याम्पसमा साहित्यिक विद्यार्थी मञ्चले एक कार्यक्रमको आयोजना गरी उक्त साहित्यिक चौमासिक पत्रिकाको विमोचन गरेको हो । पत्रिकाका सम्पादक दुर्गाप्रसाद शिवाकोटीले स्वागत गर्नुभएको विमोचन कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापक श्रीप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

न्यौपानेले सिर्जना गर्नु ठूलो कुरा नभई त्यसलाई जोगाइराख्न सक्नु ठूलो कुरा भएको बताउनुभएको थियो । उर्लाबारी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खेमराज कार्कीको प्रमुख आतिथ्य तथा अनेरास्ववियुका क्याम्पस सचिव विनोद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साहित्य दर्पण साहित्यिक चौमासिक पत्रिकामा सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीका रचना प्रकाशित गरिने पत्रिकाका सम्पादक शिवाकोटीले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्