मन्थली विमानस्थलमा उडान सुरु



रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीस्थित आकाशेमा रहेको विमानस्थलमा उडान सुरु भएको छ । पहिलो उडान निजी क्षेत्रको तारा एयरले गरेको हो । विमानस्थल कालोपत्रे गर्नका लागि नेपाल नागरिक उड्डयान प्रधिकरणले १३ महिनादेखि उडान र अवतरण गर्न रोक लगाइएको थियो ।

Tara

उडान र अवतरणमा लगाएको रोक केही दिनअघि खुल्ला गरेपछि परीक्षण उडान सुरु गरिएको हो । लुक्लाबाट क्याप्टेन ईश्वरराज जोशीले उडाएको टुइनअटर जहाज मन्थली विमानस्थलमा अवतरण भएर कार्गो उडान गरी पुनः लुक्ला नै फर्केको थियो ।
कालोपत्रेका लागि उडानमा रोक लगाउनु पहिले तारा एयरले रामेछापबाट लुक्लाका लागि दैनिक सरदर १० पटक कार्गो उडान गर्ने गरेको थियो । काष्ठमण्डप र गोमा एयरले पनि रामेछापबाट कार्गो उडान गर्ने गरेका थिए । नेपाल आयल निगमले हवाइ इन्धनको डिपो राखेकोले लामो उडान गरेका जहाजलाई रामेछापमै इन्धन भर्ने सुविधा समेत उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्