दलित वस्तीमा जस्तापाता वितरण



रामेछाप

मन्थली नगरपालिका–१२ डाडाखर्कका दलित बस्तीमा भुकम्प प्रतिरोधात्मक अस्थायी घर निर्माणका लागि जस्तापाता र फलामको डण्डी बितरण गरिएको छ ।
हिमालयन क्लाइमेन्ट इनेस्टीक नामक संस्थाको आर्थिक सहयोगमा शान्ति र विकासका लागि युवा साझेदारी नेपाल मन्थली र समता मञ्च नेपाल रामेछापको समन्वयनमा सो सामाग्री वितरण गरिएको हो ।

Jasta-pata
डाँडाखर्कका ३८ घरपरिवार दलित समुदायमा प्रतिपरिवार २ बण्डल जस्तापाता र २ कोठे घर निार्माणका लागि आवश्यक पर्ने फलामको डण्डी वितरण गरिएको समता मञ्च नेपाल रामेछापका अध्यक्ष कमल बसेलले बताए ।

प्रतिक्रिया दिनुहोस्