रामेछापको फर्पुमा आँखा शिविर सम्पन्न



रामेछाप ।
रामेछाप जिल्लाको फर्पुमा एकदिने आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा ७१ जना महिला र ६७ पुरुष गरी १ सय ३८ जनाले आँखा परीक्षण गराएका थिए । आँखा जाँच गराएका मध्ये ३५ जनामा मोतियाविन्दु भएको फेला परेको आँखा परिक्षणमा सम्लग्न डाक्टर महेश सिंह धामीले बताए ।

aakha shiber

फर्पु गाविसको आयोजना तथा जनभावना युवा क्लवको सहजिकरणमा सञ्चालन गरिएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय रामेछाप, तिलगंगा आखाँ प्रतिष्ठान काठमाडौं, जिल्ला सामुदायिक आखाँ केन्द्र मन्थलीले समन्वय गरेका थिए ।
शिवरमा जनभावना युवा क्लवको जिल्ला परियोजना संयोजक तुलप्रसाद कँडेल, साझेदारी विकास परियोजना क्षेत्रीय कार्यालय चरिकोटका सिनियर क्षेत्रिय कार्यक्रम प्रवन्धक सुरेश थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्