सकियो विश्व स्तनपान सप्ताह



रामेछाप  ।
साउन १७ गतेदेखि सुरु भएको विश्व स्तनपान सप्ताहा २०७३ देशभरजस्तै रामेछाप जिल्लामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । आइतबार सकिएको स्तनपान सप्ताह अन्तर्गत जिल्लाका स्वास्थ्य संस्थाहरुमा आमा समूह सञ्जाल, महिला स्वास्थ्य स्वंमसेवीका आर्फज जिल्लाम विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको हो ।
विश्व स्तनपान दिवस सप्ताहमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक केशव फुयाँलले बताए । ‘स्तनपान दीगो विकासको मूल आधार’ भन्ने नाराको साथ एक हप्तासम्म चलेको सप्ताहाको अवसरमा जिल्लाका सबै गाविसका स्वास्थ्य संस्थाहरुमा स्तनपान सम्बन्धी चेतनामुलक सन्देश र र्याली निकालिएको उनले बताए ।

जिल्लाका बिभिन्न स्थानहरुमा स्तनपान सम्बन्धी फेलेक्स बोर्ड र भित्ते लेखन पनि गरिएको छ । स्तनपान सप्ताहको अवसरमा जिल्लास्थित विभिन्न संस्थाहरुसंगकोे समन्वयनमा जिल्ला स्वस्थ्य कार्यालयले विश्व स्तनपान सप्ताहाको बारेमा सरोकारवाला निकायसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्