हाकिमदेखि कर्मचारी भ्रमणमा, सेवाग्राही मारमा



रामेछाप ।
जिल्ला बन कार्यालय रामेछापका हाकिमदेखि कर्मचारी सबै भ्रमणमा भन्दै हिडन थालेपछि सेवाग्राही चर्को मारमा परेका छन । घण्टौ धाएर सदरमुकाम आएका सेवाग्राहीहरु कार्यालय सुनसान भएपछि मारमा परेका हुन् । काम लिएर बिहान १० बजे नै जिल्ला बन कार्यालय आइपुगेका सेवाग्राहीहरु दिउसो दुई बजेसम्म पनि कार्यालयमा कर्मचारी नआएपछि आफ्नो कामै नगरि घर फर्किएका छन् । कर्मचारी आउलान र काम गरेर घर फर्कऔंला भन्ने आशमा, कर्मचारीलाई कुरेर बसेका सेवाग्राहीले दिउसो दुई बजेपछि कर्मचारी बेलुका ५÷६ बजेतिरमात्र आइपुग्ने खबर पाएपछि निराश भएर घर फर्किन बाँध्य भएका छन् ।
आपूm विहान साँढे नौं बजे नै बन कार्यालयमा आइपुगे पनि कार्यालयमा कर्मचारी नआएको कारण काम नभएको सरस्वती सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हरिशंकार लामाले बताए । जिल्लास्थित विभिन्न सामुदायिक बनबाट सल्लाको खोटो निकाल्ने अनुमति लिन आएका सेवाग्राही कार्यालयमा कर्मचारी नआएपछि आपूm कामै नगरी घर फर्कनु परेको अर्का सेवाग्राही ओख्रेनी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शिसबहादुर पाख्रिनले गुनासो पोखे ।
बिहान जिल्ला बन कार्यालय आउँन चार घण्टा लागेको र घर पुग्न पनि चार घण्टा लाग्ने पञ्चकाली सामुदायिक बन उपभोक्ता समूह हिमगंगाका अध्यक्ष रन्नबहादुर नेवारले बताए । दिउँसो दुई बजेसम्म पनि जिल्ला बन कार्यालय प्रमुख केदारनाथ पौड्यालको कार्यकक्षमा ताल्चा खुलेको थिएन । शनिबार भ्रमणमा निस्किएका जिल्ला बन कार्यालयका हाकिमदेखि कर्मचारीसम्म आइतबार कार्यालय समयमा कार्यालय नपुगेपछि सेवाग्राहीहरु सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारी कार्यालयका कर्मचारीहरु गैरजिम्मेवार र लार्पवाही ढंगले कार्यालय छोडेर व्यक्तिगत काममा हिढ्दा समेत जिल्ला प्रशासन कार्यालयले छुट दिएको सेवाग्राहीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्