रामेछापको प्रितीमा तीन सय घर विद्युतीय जोखिममा



रामेछाप ।
रामेछाप जिल्लाको प्रितीमा यही असारबाट प्रसारणमा ल्याइएको ११ हजार भोल्टेज क्षमताको विद्युत प्रसारण लाइन अव्यस्थित हुँदा प्रिती गाविसको दुई सय ९० घर विद्युतीय जोखिममा परेको छ । प्रसारण लाइनको कम उचाई र जंगल क्षेत्रमा रुखको बीचबीचबाट विद्युत प्रसारण लाइनको नाङ्गो तार टाँगिएको कारण कुनै पनि बेला करेण्ट सर्ट भई आगलागि हुन सक्ने खरता रहेको छ । विद्युतको तार घरको धुरीमाथिबाट टाँगिएको र ठाउँठाउँमा पोल समेत ढल्न लागेको अवस्थामा छ ।

Bidhut

अव्यवस्थित प्रसारण लाइनको कारण प्रिती गाविस वडा नं. १ का १ सय २६ र वडा नं. २ का २ सय ६५ घरहरु आगलागिको जोखिममा रहेका छन् । कुनै पनि बेला विद्युत सर्टभई हुनसक्ने दुर्घटनाको बारेमा विद्युत प्राधिकरणको कार्यालय रामेछापमा पटक–पटक जानकारी गराउँदा पनि कार्यालयले सुनुवाई नगरेको स्थानीयको भनाई छ ।
आर्थिक वर्ष २०७१÷०७२ को ८ लाख रुपैयाँ र आर्थिक वर्ष २०७२÷७३ को ८ लाख रुपैयाँ सहित १६ लाख विद्युत प्राधिकरण र स्थानीकोे श्रमदानबाट विस्तार गरिएको लाइनमा यही असारबाट विद्युत प्रसारण गरिएको हो ।गाउँमा विजुली बत्ति बल्नु स्थनीयको लागि खुसीको कुरा भए खुसीसँगै विद्युत सर्टभई कुन बेला आगलागि हुनु हो भन्ने त्रासले स्थानीयलाई चिन्तित बनाएको छ ।विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले समस्याको बारेमा अपूmलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्