रामेछापमा ६ सय भुकम्प पीडित अझै पालमुनी



रामेछाप ।
रामेछाप जिल्लाको उत्तरी क्षेत्र कुभुकास्थली गाविसका ६ सय ५० घरपरिवार भुकम्प पीडितको भुकम्प गएको पन्ध्र महिना वितिसक्दा समेत अझै पनि पालमुनि बस्न बाँध्य भएका छन् । कमजोर आर्थिक अवस्था भएकाले भुकम्प पीडितहरु सकारले घर बनाउन दिने अनुदान पाउने आशामा अहिले पनि कष्टकर बर्षा विताइरहेका छन् ।
भुम्पबाट घरबार विहीन भएका कुभुकास्थली गाविसका ८ सय २२ घर परिवार मध्ये राम्रो आर्थिक स्रोत भएकाहरुले घर बनाए पनि ६ सय ५० घर परिवार अझै पाल मुनी बस्न बाँध्य छन् । सकारले भुकम्प पीडितलाई घर बनाउन तीन दुई लाख रुपैयाँ अनुदान दिने भने पनि पीडितहरुले अहिलेसम्म पाएका छैनन । कुभुकास्थली गाविस ४ का भागवत नेपालीले आफूले अहिलेसम्म केही पनि राहात नपाएको बताए ।

सरकारले घर बनाउन दिने भनेको दुई लाख अनुदान रकमको पहिलो किस्ता सम्झौता भए पनि पैसा नआउदा भूकम्प पीडितहरुले घर बनाउन नसकेको उनले बताए । सर्प र विच्छीहरुले समेत साताउने गरेको भूकम्पपीडितहरुको गुनासो छ । भुकम्प पीडित भन्छन–सरकार छ कि छैन ?

बर्षा सुरु भएसँगै पानी पर्दा टहरोको छानोबाट पानी चुहिनुका साथै भल भित्र पसेर बालबच्चा र जगेडा खानेकुरा जोगाउन समेत मुस्किल भएको पीडितहरुको गुनासो छ । पानी परेको बेला जागै रात विताउने गरेको पनि भुकम्प पीडितहरुले गुनासो गरेका छन् । वर्षा पानीले भिजेर भूकम्पपीडित बृद्धबृद्धा र बालबालिकाले ज्यान समेत गुमाएको कुभुकास्थली गाविसका सहायक सचिव अनिल थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्