रामेछापको तीन गाविसमा सिडिएसले घर बनाउने



जिल्लाका विजुलीकोट,साँघुटार र हिमगंगामा मेडएर नामक संस्थाको सहयोगमा सामुदायिक विकास समाज रामेछापले ३ सय १० वटा घर रोछाप । निर्माण गर्ने भएको छ ।      संस्थाले गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गरिदिने बताएको छ ।  निर्माण हुने प्रत्यक घरको लागत २ लाख बराबरको हुने सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले जानकारी दिएका छन् ।

उनका अनुसार ३ गाविसमा ३ सय १० घर निर्माण गर्दा १० करोड ५६ लाख ४ सय १६  रुपैयाँ खर्च हुने छ । सोही कार्यक्रमलाई संवोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अब बन्ने सबै घरहरु नेपाल सरकारको मापडण्ड अनुसार बन्ने बताएका छन् ।
गैरसरकारी संस्थाहरुले निर्माण गर्ने घरहरु पनि सरकारी मापदण्डअनुसार नै बनाउनुपर्ने प्रजिअ अधिकारीले बताए । गैरसरकारी संस्थामार्फत घर बनाउँदा गैससले नेपाल सरकारको सम्बन्धित निकायसँग सहकार्य गर्न पनि उनले आग्रह गरे ।   पुनःनिर्माणको काम गर्दा सजिलो ठाउँ नभई सबै भन्दा बढी समस्या भएको ठाउँ छनौट गर्न पनि प्रजिअ  अधिकारीले संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।
सामुदायिक विकास समाज मन्थली रामेछापले मन्थलीमा आयोजना गरेको जिल्ला स्तरीय सरोकारवाला अभिमुखीकरण तथा समन्वय बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा स्थानीय विकास अधिकारी दिनेशराज पन्तले जिल्लाका बिजुलीकोट, साघँटार लगायतका गाविसहरुमा नमुनायोग्य पुननिर्माणका काम गरेर देखाउन गैरसरकारी संस्थाहरुलाई  आग्रह गरेका छन् ।   संघ संस्थाहरुले पुनः निर्माणका काम गर्दा सम्बन्धित गाविसका सचिवको समन्वयनमा काम गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्