पूर्व गृहमन्त्री भोजराज घिमिरेको निधन



काठमाडौं ।

पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री भोजराज घिमिरेको सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई नेपाली राजनीतिमा लागेका घिमिरे १५ सालमा नेपाली काँग्रेसबाट महोत्तरी सर्लाही क्षेत्रबाट उम्मेदवार थिए। ०१७ सालको कदमपछि जेल परेका घिमिरे ०१८ सालदेखि पंचायत राजनीतिमा प्रवेश गरी तत्कालीन राष्ट्रिय पंचायतको सदस्यका साथै विभिन्न पदमा नियुक्त हुँदै गृहमन्त्रीसम्म बनेका थिए।

२०३० सालमा खाद्य, कृषि, सिँचाई मन्त्री त्यसपछि सोही बर्ष गृह, कानून तथा न्याय मन्त्रीमा नियुक्त भएका घिमिरेले आफ्नो कार्यकालमा भ्रष्टाचार अन्त्यका लागि निक्कै मिहिनेत गरेका थिए। पदीय दायित्व निर्वाह गर्ने क्रममा विकेन्द्रीकरण आयोगको संयोेजक, राष्ट्रिय साझा केन्द्र, बृहत्तर जनकपुर विकास परिषदको अध्यक्षसमेतको राजनीतिक नियुक्ति पाएका थिए।

पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापासँग निकट रहेर काम गरेका घिमिर दुई वर्षदेखि ढाडको समस्याले थलिएका थिए। केही महिना अघि उनको संस्मरणात्मक पुस्तक ‘मोडहरुमा म’ सार्वजनिक भएको थियो।   पछिल्लो समय निमोनियाले ग्रस्त घिमिरे थिए । घिमिरेका एक छोरा र तीन छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्
pEk49s42Nc87Z, UawHfNTA, PJgRG2O4Hmt1Q, d2TE1mFlFZ, dJHSIYnVwiKBHE, 7NUbPdLts0i, FGkb3pnhDCbB, N6fk, uYhvO2PWd