ट्रक व्यवसायि संघर्ष समिति रामेछापको आन्दोलन फिर्ता



रामेछाप ।
सडक इजाजत पत्र नभएका सवारिसाधनलाई पुर्ण रुपमा बन्देज लगाउने जिल्ला प्रशासन कर्यालय सिन्धुलीको निर्णय बिरुद्ध आन्दोलनमा उत्रिएको ट्रक व्यवसायि संघर्ष समिति रामेछापले आन्दोलन फिर्ता लिएको छ । शुक्रबारदेख ढुवानी सेवा वन्द गरी आन्दोलनमा उत्रिएका उनीहरुले आफ्नो मागको बारेमा सम्बन्धित निकाय सकारात्मक भएकोले आन्दोलन फिर्ता लिएको बताएका छन् ।
रामेछाप र दोलखाको ट्रक व्यवसायि संघर्ष समितिका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सहितको टोली भौतिक पुर्वधार तथा यातायात मन्त्री रमेश लेखकलाई आपूmहरुका मागका बारेमा जानकारी गराउँदा मन्त्रीले मागको सम्बोधन हुने प्रतक्रिया दिएपछि ३ देखि बन्दरहेको ढुवानी सेवा खुलेको ट्रक व्यवसायि संघर्ष समिति रामेछापका संयोजक नविन कार्किले जानकारी दिए ।


उनका अनुसार आफुहरुको माग सुन्नु बित्तिकै मन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा फोन गरी परमीट नलिएसम्म कसरी सहजिकरण गर्न सकिन्छ त्यो बाटो खोज्न निर्देशन दिएका छन् । मन्त्री लेखकले आन्दोलनरत पक्षको माग कानुनी जटिलता भन्दा पनि व्यवहारीक भएकाले मागका बारेमा आपूm सकरात्मक रहेको बताएका छन् । भेटका क्रममा ३ महिनाभित्र विपि मार्गको खुर्कोट सिन्धुली र खुर्कोट नेपालथोक हँुदै काठमाडाँैँसम्म सामान ढुवानी गर्दै आएका साधनहरुलाइ इजाजत पत्र दिने बारेमापनि मौखिक सहमति भएको संयोजक कार्कीले बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको बार्तामा पनि सकरात्मक कुराहरु आएको , दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन लागेकाले आपूmहरुले आन्दोलका कार्यक्रमहरु तत्कालका लागी स्थगितगरेको संयोजक कार्कीको भनाई छ । उनले आपूmहरुसंग भएको सहमति कार्यान्वयनमा नआए ढुवानी गर्ने साधन मात्रै नभएर सबै सवारीसाधन पनि ठप्प पारेर कडा कडा सङघर्षका कार्यक्रमहरु ल्याउने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्