रामेछापमा युवा सम्मेलन हुने



रामेछाप ।
अन्तराष्ट्रिय युवा दिवस २०१६ रामेछापमा ३ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । साउन २६ गतेदेखि २८ गते सम्म युथ लिडिङ सस्टेनेविलिटि भन्ने नाराका साथ चौथो युवा सम्मेलन २०७३ हुने भएको हो ।
शान्ति र विकासका लागी युवा साझेदारी नेपाल रामेछापले बुधबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको सम्मेलनका लागी तयारी बैठकमा चौथो युवा सम्मेलन २०७२ हुने जानकारी दिएको हो । ३ दिन सम्म चल्न सम्मेलनको पहिलो दिन मन्थली नगरपालीका १२ भलुवाजोरको डाँडाखर्कमा निर्माण गरिएको ३८ वटा सुरक्षित भवनको उद्घाटन सङगङगै साँस्कृतिक प्रस्तुती र युवा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै यूवासंग सम्बन्धीत सूचना, जानकारी ,प्रविधि लगाएतका प्रर्दशन अवलोकन गर्ने, युवा उद्यमशिलताका लागी प्रविधि अवलोकन तथा परामर्श गर्ने जानकारी दिएइएको छ । त्यस्तै दोस्रो दिन बिहान मन्थली बजार सरसफाई, ५ वटा क्षेत्रको कार्यशाला गोष्ठी गर्ने र सास्कृतिक कार्यक्रम एकलसाँझ गर्ने कार्यक्रम रहेको बैठकमा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्