अन्तराष्ट्रिय युवा दिवस  मनाइयो



रामेछाप ।
शुक्रबार अन्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । राष्ट्रिय युवा परिषद रामेछाप जिल्ला युवा समीतीको आयोजनामा शान्ति र विकासका लागी युवा साझेदारी नेपाल लगाएत बिभिन्न संघ सस्थाहरुको सहकार्यमा शुक्रबार र्याली  निकालीएको थियो ।

जिल्लाका बिभिन्न ठाँउबाट आएका युवाका साथै जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख एवंम प्रतिनिधहरुको सहभागितामा देवकोटा चोकबाट सुरु भएको र्याली  मन्थली बजार परिक्रमागरि पुन देवकोटाचोकमा आएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्