रामेछापका भुकम्प पीडितलाई २ अर्ब ७ करोड निकासा



रामेछाप ।
भुकम्प गएको पन्ध्र महिनापछि सरकारले रामेछापको भुकम्प पीडितहरुको लागि २ अर्ब ७ करोड १६ लाख रुपैयाँ निकास गरेको छ । सरकारले भुकम्प पीडितहरुसँग अनुदान सम्झौता गरेपनि पहिलो किस्ता वितरण गर्न सकेको छैन् ।

bhukamp

सरकारले आगामी एक महिनाभित्र सबै भुकम्प पीडितहरुलाई पहिलो किस्ता प्रदान गर्ने निर्णयसँग सरकारले रामेछापको भुकम्प पीडितहरुको लागि रकम निकासा गरेको हो । भुकम्पको कारण पीडितहरुको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएपनि सरकारले अनुदान रकम वितरणमा ढिकालसुस्ती गर्दै आएको छ ।

सरकारले पहिलो किस्ता स्वरुप पचास हजार रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ । तीन दलबीच भएको सहमति अनुसार डेढ लाख रुपैयाँ पहिलो किस्तामा दिने तयारी गरेपनि कार्यविधि र दातृ निकायले उक्त निर्णय अस्वीकार गर्दा भुकम्प पीडितले पहिलो किस्ता पचास हजार रुपैयाँ मात्र प्राप्त गर्ने भएको छ ।

गत असारमा पहिलो किस्ताको रुपमा आएको २ अर्ब ५१ करोड रुपैयाँमध्ये अधिकांश रकम फ्रिज भएका कारण पीडितहरुले रकम पाउन सकेका थिएनन् । रकम फिर्ता भएको एक महिनामै पुनः रकम निकासा भएको हो । रामेछापका दुई नगरपालिका र सबै जिल्लाहरुमा भुकम्पले क्षति पुर्याएको छ । भुकम्पका कारण ४५ गाविसका ४९ हजार ६ सय ९ घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्