बस दुर्घटनाःकाभ्रेमा २७ जनाले ज्यान गुमाए



काभ्रे ।
काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट दोलालघाटको मादनकुदारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस दुर्घटनामा परेको हो ।

kavre
अध्याधिक लोड भएको बस खहरे खोलाको उकोलोमा एक्कासी इन्जिन बन्द भएको कारणले दुर्घटना भएको दुर्घटनामा बचेका घाइेतहरुले बताएका छन् । घाइतेका अनुसार चालकले स्टार्ट गर्ने योजनाका साथ ब्याक गर्दा ब्रेक नलागेर बस सडकबाट झण्डै ३ सय मिटर तल खस्यो ।

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । २८ जनालाई काठमाडौं ल्याइएको हो । उनीहरुको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । १५ जनाको भने धुलिखेलमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्समार्फत धुलिखेल ल्याइएको थियो । सरकारले घटनाको बारेमा छानविन समिति बनाएर घटनाबारे अनुसन्धान गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्