प्रेस सेन्टर रामेछापको अध्यक्षमा सुमित श्रेष्ठ निर्बाचित



रामेछाप
प्रेस सेन्टर नेपाल रामेछापको एकताको जिल्ला सम्मेलन शनिबार मन्थलिमा सम्पन्न भएको छ ।सम्मेलनले सुमित श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्बीरोध निर्बाचित गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा सुदर्शन रायमाझि, सचिवमा सञ्जीब श्रेष्ठ, सह–सचिवमा ललिता श्रेष्ठ र कोषाध्यक्षमा बिजय श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । सेन्टरका अन्य सदस्यहरुमा बिबेक श्रेष्ठ, गणेश माझी, नारायण श्रेष्ठ, निरोज श्रेष्ठ, प्रबिणा नेपालि, शुसिला तामाङ र अनिता बस्नेत चयन भएका छन् ।


नेकपा माओबादी केन्द्र रामेछापका सचिब प्रेमकुमार कार्की सेवकको प्रमुख आतिथ्यता एबं पे्रस सेन्टर रामेछापका संयोजक सुमित श्रेष्ठको अध्यक्षतामा भएको पहिलो उद्घाटन सत्रमा पुर्ब सभासद तारानारायण श्रेष्ठ बिगुल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु लक्ष्मण खड्का, सुनिल खड्का,नवराज दाहाल,राजन गाउले, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पत्रकार महासंघ रामेछापका पुर्बअध्यक्ष हिमाल ढुंगेल, प्रेस युनियन रामेछापका अध्यक्ष बद्री नँयाघरे, प्रेस चौतारी रामेछापका सचिब कैलास खत्री लगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्