बिपी राजमार्गमा चल्ने सवारीमा नयाँ भाडादर कहाँ कति भाडा ?



रामेछाप ।

सरकारले बिपी राजमार्गमा चल्ने यात्रुवाहक साना सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिपी राजमार्गको काठमाडौं–धुलिखेल–खुर्कोट– मन्थली–सिन्धुलीमाडी–बर्दिबास हुँदै पूर्वतर्फ जाने सवारीको समायोजन गरिएको नयाँ भाडादर लागू गरेको हो ।

अब सरकारले तोकिएकै अनुसार यात्रुसँग भाडा अशुल्न विभागले आग्रह गरेको छ । ताकिएकोभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्ने विभागले चेतावनी दिएको छ । यो रुटमा बढी भाडा असुलेको पाइए विभागको टेलिफोन नम्बर ०१–४४७९९९४ वटा ट्राफिक प्रहरीको १०३ मा उजुरी गर्न आग्रह गरेको छ ।
डिलक्स सुविधा भएका सवारीले भने थप २० प्रतिशतसम्म बढी भाडा असुल्न सक्ने सूचनामा उल्लेख छ । सूचनामा बाटो इजाजत नभएपनि पटक पटक पटके इजाजत लिएर सवारी चलाउन नपाइने जनाइएको छ । सो रुटमा १० सिट क्षमताका जीप तथा सुमोका लागि मात्रै नियमित सवारी सञ्चालन गर्न पाइनेछ । यस्ता गाडीले २ सय ५० किलोमिटरसम्म मात्र यात्रा तय गर्न सक्नेछन् ।
विभागले शैक्षिक भम्रण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विवाह ब्रतबन्ध, विरामी, शव ओसारपसार, भूक्षय, आगलागी लगायतका प्राकृतिक विपत्ति परेको अवस्थमा उद्धारको प्रयोजनाका लागि भने अन्य सवारीले पनि पटके इजाजत लिन पाउने जनाएको छ । नयाँ भाडादर अनुसार काठमाडौबाट मन्थलीको भाडा ३ सय ७१ रुपैयाँ भएको छ । त्यसै गरी चरिकोटसम्मको ५ सय ७३, जिरीको ६ सय ६५ रुपैयाँ भाडा तोकिएको छ । यसैगरी वर्दिबासबाट चरिकोटसम्मको भाडा ४ सय ६८ रुपैयाँ तोकिएको छ ।

 Bhada

प्रतिक्रिया दिनुहोस्