सडकमा पहिरोःरामेछाप–दोलखा आवतजावतमा समस्या



सुमित श्रेष्ठ
रामेछाप ।
केहीदिन यता परेको अविरल वर्षाको कारण रामेछाप हुँदै दोलखा जाने सडक खण्डको ठाउँठाउँमा पहिरोले अवरोध गर्दा रामेछाप र दोलखाका स्थानीय मारमा परेका छन् । २० दिन पहिले बाढीले बगाएको दोलखाको भिरकोट र जफेको सीमानामा रहेको ढोलीखोला पुन निर्माण हुन नपाउँदै सो सडक अन्तर्गत विभिन्न स्थानहरुमा पहिरोले खस्दा आवतजावत गर्न समस्या परेको हो ।

IMG_6808

हिमाल र तराइलाई जोड्ने लोकमार्ग अन्तर्गत दोलखाको भिरकोट र जफेमा ढोलीखोलाको पुल बाढीले बगाएपछि बेलीव्रिज राख्ने भनिए पनि निर्माण हुन सकेको छैन । पक्की पुल बाढीले बगाएपछि तत्कालको लागि बेलिब्रिज हाल्ने तयारी भएपनि सम्बन्धित निकायले तदारुकता नदेखउँदा बेलीब्रिज निर्माण ढिलाई भएको हो । पहिरोले ठाउँठाउँमा गरेको सडक अवरोध र ढोलीखोलामा राख्ने भनिएको बेलीव्रिज निर्माण हुन नसक्दा तराईबाट रामेछाप हुँदै दोलखा जाने खाद्य बस्तु र निर्माण सामाग्री ढुवानीमा समेत मस्या भएको छ ।

IMG_6808
सडक अवरोधका कारण ढुवानीका साधनहरु रामेछापमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा दोलाखामा खाद्यन्न र निर्माण सामाग्रीमा मूल्य बृद्धि भएको जनहित नागरिक समाज दोलखाका अध्यक्ष लक्ष्मण खड्काले बताए ।
बाढी पहिरोको कारण रामेछाप–दोलाखा सडक खण्डको रामेछापको खिम्ती बजार नजिकैको भोर्ले पहिरो, रामेछापको फुलासी र दोलखाको सिमानामा रहेको सित्तली, मालुखोला लगायत आधादर्जन स्थानहरुमा सडक अवरोध गरेको छ । दोलाखा हुँदै रामेछाप लगिएको ११ हजार भेल्टेज विद्युत प्रसारण लाइनको तीन वटा पोल मालु खोलाको बाढीले बगाएपछि तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा रामेछापकोे जनजीवन समेत अस्तव्यस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्