विपी राजमार्ग बन्दः हजारौ यात्रुको बिजोग



सिन्धुली

प्रहरीले रुट परमिट विनाका सवारी साधन सञ्चालनमा रोक लगाउँदा आफुहरुलाई मार्का परेको भन्दै स्थानीय र यातायात ब्यवासायीले सिन्धुलीको खुर्कोटस्थित वीपी राजमार्ग अबरुद्ध गरेका छन् । गत बिहीबारबाट प्रहरीले रुट परमिट विनाका सवारी साधनहरुलाई विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालनमा रोक लगाएको विरोधमा स्थानीय र यातायात ब्यावसायीहरुले सडक अबरुद्ध गराएका हुन् । सडकमा सयौंको संख्यामा जम्मा भएका बन्द कर्ताहरुले सडक अबरुद्ध गर्दा विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै राजधानी काठमाडौं भित्रने र बाहिरीने हजारौं सवारी साधनहरु दुई घण्टादेखि सडमकै अलपत्र परेका छन् ।

bp rajmarga 1

बन्दकर्ताले खुर्कोटबाट सिन्धुलीमाढी हुँदै तराई भित्रने र मध्यपहाडी लोकमार्ग हुँदै, उदयपुरको घुर्मी, ओखलढुङ्गा, सोलुखसम्बु लगायतका क्षेत्रमा जाने आउने सवारी साधनहरु रोकेका छन् । यस्तै रामेछाप तथा दोलखा जाने आउने सवारी साधनसमेत बन्दमा परेका छन् ।रुट परमिट विनाका सवारी साधन सञ्चालन नहुँदा स्थानीयले आवत जावत गर्न सिट नपाएको थोरै संख्यामा रुट परमिट भएका सवारी साधनले खुर्कोट तथा मध्यपहाडी लोकमार्ग आसपासका स्थानीयलाई नचढाउने गरेको लगायतका उनीहरुको आरोप छ ।

जिल्लाबाट सञ्चालन हुने अधिकांस ठुला तथा साना सवारी साधनको रुट परमिट छैन् । स्थानीय प्रशासनले सडकको अवस्था अनुसार ठुला सवारी साधनलाई सञ्चालनको रोक लगाउनु परेको भन्दै छ चक्केमाथीका ट्रक तथा १६ सिटे माथीका बसहरुलाई विपी र मध्यपहाडी लोकमार्गमा सञ्चालनमा यस अघिनै रोक लगाएको थियो ।

तर, केही दिन अघि कार्भेमा भएको बस दुर्घट्ना पछि यातायात व्यवस्था विभाग र गृहमन्त्रालयले रुट परमिटि विनाका सवारी साधन सञ्चालनमा रोक लगाएपछि जिल्लामा पनि प्रहरी र ट्राफिक प्रहरीले अनुमति विनाका सवारी साधनलाई सञ्चालनमा रोक लगाएका छ । प्रहरीले रुट परमिट नभएका सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाएपछि विहिबारदेखी जिल्लाका ग्रामिण क्षेत्रका साथै विपी र मध्यपहाडी लोकमार्गका यातायातका साधनहरु सञ्चालन भएका छैनन् ।

रुट परमिट विनाका सावारी साधनलाई सिन्धुलीको माढी र नेपालथोबाटै फर्काउने र आवश्यक कारबाही गर्ने गरेको प्रहरीले जनायो । प्रहरीले रुट परमिट विना सञ्चालन गरिएका २६ वटाबढी सावारी साधानलाई समाएर कारबाहीको लागी प्रक्रिया अघि बढाएको पनि जनाएको छ । यसरी झण्डै एक सय किलोमिटर बढी दुी पारगर्दै महेन्द्र राजमार्गबाट वीपी राजमार्ग प्रबेश गर्दा यात्रुहरुले भाडादरमा समेत बढी तिर्नु पर्ने बाध्यता आएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्