सबल परियोजनाद्धारा कृषकहरुलाई कुखुरा वितरण



रामेछाप ।
रामेछाप जिल्लाका बिभिन्न गाविसका अगुवा कृषकहरुलाई सबल परियोजनाले कुखुरा बितरण गरेको छ । युएसएआइडिको सहयोगमा सञ्चालित सबल कार्यक्रमको साझेदारी संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले जिल्लाका ८ वटा गाविसमा अगुवा कृषकहरुलाई ७ सय ३० वटा कुखुरा वितरण गरेको हो । रामेछापको गुम्देल , बाम्ती , चुचुरे , कुबुकास्थली , प्रिति , भुजि, दुरागाउँ , शैपु , बिजुलिकोटका ७२ जना अगुवा कृषकहरुलाई कुखुरा वितरण गरिएको सबल परियोजनाका कार्यक्रमका अधिकृत शेर बहादुर थापाले  बताए ।  जिल्लामा स्वस्थ अण्डा उत्पादन गरि गर्भवती , सुत्केरी , र २ बर्षमुनिका बालबालिका भएका आमा र बच्चाको पोषण स्वास्थ्यमा सुधार गर्ने उदेश्यले कुखुरा बितरण गरिएको अधिकृत थापा बताए ।

प्रतिक्रिया दिनुहोस्