कानुन नमान्ने संस्थालाई कारवाही गछौःस्थानीय विकास अधिकारी पन्त



रामेछाप ।

रामेछापको स्थानीय विकास अधिकारी निदेशराज पन्तले कानुन अनुसार नचल्ने गैरसरकारी संस्थाहरुलाई कारवाही गर्ने बताएका छन् । उनले जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले नियम पालन नगरकाले कानुन अनुसार कारवाही गर्ने बताएका हुन् । ‘गैर सरकारी संस्थाहरु धेरै कार्यक्रम र योजना ल्याएपनि धेरै बजेट तालिममा खर्च गर्दै आएका छन’,पन्तले भने,‘जिल्लामा सञ्चालित संस्थाले कानुन नमाने तत्काल कारवाही गछौ ।’

सामुदायिक विकास समाज मन्थली रामेछापले सोमवार सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्ला जिल्लास्तरीय अभिमुखिकरण तथा समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय विकास अधिकारी पन्तले तालिममा भन्दा पनि स्थानीस्तरमा लगानी हुनुपर्ने बताए । आगामी दिनमा जिविसबाट सिफारीस लाने संस्थाहरुले आफ्ना कार्यक्रमका बारेमा अनिबार्य जानकारी गराउनु पर्ने बताउदै उनले कानुन अनुसार चल्ने संस्थामाथि कारवाही थाल्ने चेतावनी दिए ।
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत गोविन्द कट्टेलले पनि गैरसरकारी संस्थाहरुले जिविसको मापडण्डलाई बेवास्था गरेको बताए । ‘जिल्लामा धेरै चलेका र धेरै कार्यमक्रमहरु संचालन गर्ने संस्थाहरुले नै जिविसलाई नमान्ने गरेको छन’,उनले भने,‘अबको दिनमा गैरसरकारी संस्थाहरु जिल्ला विकास समितिको मापडण्डअनुसार चल्नु पर्छ नत्र कडा कारवाही हुन्छ ।’
कार्यमक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी ,नेपाली कांग्रेस रामेछापका नेता झप्पडराज भण्डारी,नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल ,नेकपा माओवादी केन्द्रका नेता अन्जान लामा ,नेकपा मालेका सचिव ओमबाबु पुरी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्