सात प्रदेशमा एमालेले छान्यो सात प्रमुख



काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सात प्रदेशका सात प्रमुख तोकेको छ । संयोजकसँगै एमालले सात प्रदेशका सात सह संयोजकसँगै नेताहरुको कार्यविभाजन गरेको छ ।बैठकले प्रदेश नम्वर एकको संयोजकमा सचिव भीम आचार्य र सहसंयोजकमा वैकल्पिक पोलिब्युरो सदस्य शेरधन राइ, प्रदेश नम्वर दुईको संयोजक स्थायी समिति सदस्य सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरी, प्रदेश नम्वर तीनको संयोजकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सहसंयोजकमा काशीनाथ अधिकारी रहेको छन्र ।

CPN-UML-office-dhumbarahi
त्यसैगरी बैठकले प्रदेश नम्वर चारको संयोजकमा स्थायी समिति सदस्य किरण गुरुङ र सहसंयोजकमा गणेश तिम्सिना, पाँच नम्बर प्रदेशको संयोजकमा उपमहासचिव विष्णु पौडेल र सहसंयोजकमा केन्द्रीय सदस्य दलबहादुर राना, प्रदेश नम्वर ६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा पोलिट्व्यूरो सदस्य यामलाल कंडेल र प्रदेश नम्वर ७ को संयोजकमा उपाध्यक्ष भीम रावल र सहसंयोजक वैकल्पिक पोलिट्व्युरो सदस्य कर्ण थापालाई तोकेको छ
बैठकले प्रवास क्षेत्रको सम्पर्क समन्वय एवं नेतृत्व गर्ने जिम्मेवारी उप–महासचिव घनश्याम भुषाललाई दिएको छ । युवा फाँट इन्चार्जमा महेन्द्रबहादुर पाण्डे, राजकीय मामिला विभागको प्रमुखमा लालबाबु पण्डित, महिला फाँट इन्चार्जमा राधा ज्ञवाली, स्थानीय विकास विभाग प्रमुखमा अग्नी खरेल र किसान फाँटको सह–इन्चार्जमा हरि पराजुलीलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख योगे भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्