‘दुई महिनाभित्र महाधिवेशनको मिति घोषणा हुन्छ’



Maharनैनसिंह महर
अध्यक्ष नेविसंघ

अब शैक्षिक मुद्दाहरुलाई तपाई कसरी उठाउनुहुन्छ ?
–नेपाल विद्यार्थी संघले विगत देखि नै आन्दोलनको नेतृत्व गर्दै आएको छ । अहिले राजनीतिक क्रान्तिको बाटो फेरिएको छ । अब राजनीति अधिकार प्राप्तिको लडाइँ लडनु पर्ने अवस्था छैन् । संविधान कार्यान्वयनको गर्नको लागि स्वयंसेवी संस्थाको रुपमा सहयोग गर्न तयार छौ ।
विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो ?
–मैले समाप्त भएको देखेको छैन् । यसको भूमिका परिवर्तन भएको छ । शिक्षामा केन्द्रीत हुनुपर्ने छ । संगठनको तर्फबाट हामीले उठाएका थुप्रै मुद्धाहरु राज्यले सम्बोधन गरेको छ । अहिले शिक्षामा पनि माफियाकरणको बाछिटा पर्दैछ । ति बाछिटाहरुलाई अन्त्य गर्नुपर्ने चुनौती छ । विशेषगरी धनी र गरिबको छोराछोरीले शिक्षाको खाडल पूर्ति गर्नुपर्ने हाम्रो पुरानो माग पूरा भएको छैन् ।
देशमा दुई प्रकारको शिक्षा प्रणाली छ एउटै बनाउन सम्भव छ कि छैन ?
–निजीकरणले समाजलाई पुरै गञ्जागोल पादै छ । तर नीजिकरणको पुरै विरुद्धमा जान सक्ने अवस्था छैन् । निशुल्क शिक्षा हुन सक्दैन । तर हुनेले पैसा तिर्ने नहुनेले त्यस मार्फत सुविधा लिनेसम्मको व्यवस्था हुन सक्छ ।

शिक्षा प्रणालीमै सुधार गर्न के–के गर्नु पर्ला ?
–शिक्षा प्रणालीमा समस्या छ ।सबैले युनिर्भसिटीको शिक्षा नपढे के हुन्छ ? सबैले बढनु पर्ने के जरुरी छ ? मास्र्टर पास ग¥यो । जागिर पाउदैन अनि गाउँ गएर काम पनि गर्दैन त्यो शिक्षाले के काम लाग्यो ? किन बढ्ने ? कम्तिमा अहिले १२ बर्षसम्म प्राविधिक शिक्षा पढाउनु पर्छ । प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो ।
शिक्षा क्षेत्र राजनीतिले थिलथिलो भएको छ कसरी सुध्रिएला ?
–अबदेखि विद्यालय शिक्षामा रानजीतिक संघ संगठन बन्द गर्नुपर्छ । किनकी यसले स्कुलको पढाइ पनि विग्रियो र पढाउने शिक्षेक पनि कक्षाकोठाप्रति इमान्दार भएनन् । पार्टीको झण्डा समात्न थाल्यो । विद्यार्थी संघ संगठनहरु बन्द गर्ने भन्ने अब मैले ल्याउने प्रस्ताव हो । दोस्रो विश्वविद्यालयको पदाधिकारीदेखि लिएर अन्य नियुक्ति गर्दा राजनीतिक भागबण्डाले मात्र हुँदैन । प्रस्तावना नआएसम्म उसको लिखित परीक्षा नभएसम्म मौखिल परीक्षा नगरीकन हुँदैन । प्रारम्भिक बाल विकासमा पनि राज्यको लगानी बढाइनु पर्छ ।
अबका शिक्षा मन्त्रीले राजनीतिक नियुक्ति गर भने समर्थन गर्नुहुन्छ कि विरोध गर्नुहुन्छ ?
–हामी पार्टीको भातृ संस्था हो । पार्टीको नीति नियम अनुसार चल्छौ । हामी स्वायत्त संस्था होइन । तर समाज परिवर्तनको सबालमा शिक्षा प्राणाली सुधारको सबालमा कुनै नेता र सरकारलाई ढाटा हुने भो पनि समाजको पक्षमा त्यो राम्रो कुरा छ भने हामी पार्टीले भनेको मान्दैनौ । हामी हाम्रो क्रियाकलाप अगाडि बढाउछौ । पदबाट निकाल्ने अवस्था आयो भने पनि हामी सहन तयार छौं ।
अब नेविसंघको महाधिवेशन कहिले होला ?
–अब कुर्नु पदैन । अब त विधानमा पनि छैन् । महाधिवेशन नभए दुई बर्षमा स्वतः विघटन हुनेछ भन्ने बनाइसकेका छौं । अब दुई महिनाभित्र महाधिवेशनेको मिति घोषणा हुन्छ ।
नेविसंघले आगामी दिनमा नेविसंघले चन्दा संकलन गर्छ कि गदैन ?
–अहिलेकोजस्तो छरपष्ट चन्दा संकलन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्