भुकम्प पीडितलाई तीन लाख दिने सरकारको तयारी



काठमाडौं ।
भुकम्प गएको ढेड बर्षपछि सरकारले भुकम्प पीडितहरुलाई तीन लाख रुपैयाँ राहत दिने भएको छ । कष्टकर रुपमा हिउद र बर्षा विताउदै आएका भुकम्प पीडितहरुलाई सरकारले यस अघि प्रदान गर्ने भनिएको दुई लाख रुपैयाँमा एक लाख रुपैयाँ थप्ने तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र भुकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । प्रचण्डले निर्देशन दिएको तीन साता वितिसक्दा समेत भुकम्प पीडितले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् । सरकारसँग पर्याप्त रुपमा बजेट भएर पनि काुननी बन्धन देखाएर राष्ट्रिय पुननिर्माण प्राधिकरणले पहिलो किस्ताको रकम वितरणमा ढिलासुस्ती गर्दै आएको छ ।

bhukamp pidita 1

प्राधिकरणले भुकम्पबाट प्रभावित १४ जिल्ला मध्ये ११ जिल्लाका भुकम्प पीडितहरुसँग अनुदान सम्झौता गरिसकेका छन् । डेढ बर्षको बीचमा दोलखा र गोरखा जिल्लाको केही स्थान बाहेक अन्य जिल्लामा पहिलो किस्ता उपलब्ध गराउन सकेको छैन् । भुकम्प पीडितलाई पहिलो किस्ता वितरण गर्नको लागि विवाद देखिएको थियो ।

अर्थ मन्त्रालयले पुननिर्माण प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । अनुदान सम्झौता गरेको ११ जिल्लामा पाँच लाख ३३ हजार एक सय ५५ घरपरिवार भुकम्प पीडित छन् । भुकम्प प्रभावित कतिपय जिल्लाहरुमा भुकम्प पीडिहरुले आफ्नो नामावली छुटेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्