रामेछाप–जापान समाजको अध्यक्षमा श्रेष्ठ



काठमाडौं ।
रामेछाप जिल्लाबाट जापानमा अध्ययनतर रामेछापबासीहरुले रामेछाप–जापान समाज गठन गरेका छन् । यस अघि रामेछाप–जापान तदर्थ समिति गठन गरिएको थियो । जापानमा बसोबास गर्ने रामेछापका युवाहरुको सक्रियतामा रामेछाप–जापानको प्रथम अधिवेशनले उत्तम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा रिजन लामा, मनोज थिङ, सोमबहादुर लामा, महासचिवमा शिक्षा शान्ति वाइवा, सचिवबहरुमाा जानुका श्रेष्ठ, शशिकला मोक्तान, कोषाध्यक्षमा पूर्णसिंह तामाङ, सदस्यहरुमा, नबिन वस्नेत, तेल लामा, प्रकाश श्रेष्ठ, बिनुका खडका, यज्ञराज श्रेष्ठ, बालकृष्ण श्रेष्ठ चयन भएका छन् ।

Ramechha_japan

त्यसैगरी संस्थाको संरक्षकमा सोम शेर्पा र सल्लाहकारमा निकेश श्रेष्ठ,पर्शु बस्नेत, कर्मा लामा, सुरेन्द्र श्रेष्ठ, शान्त पहरी, चन्द्रमान लामा रहेका छन् । अधिवेशनमा एनआएरएन जापानका सचिव बुद्धिराज घिमिरे, जापानमा नेपालीहरुको अगुवा सोनाम शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कृष्ण खडका, तामाङ समाजका अध्यक्ष कर्मा वाला, जनजाति पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, गल्कोट समाजका अध्यक्ष नरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो । जापानमा हाल १५ सय भन्दा बढी रामेछापवासी बसोबास गर्दे आएका छन् ।

जापानमा रहेर पनि रामेछापको विकास निर्माणमा टेवा पुर्याउने उदेश्यले रामेछाप–जापान समाज गठन गरिएको अध्यक्ष लामाले बताए । उनले भने–जापानमा रहेर पनि रामेछापबासी छरिएर रहेका थियौ, अब समाज गठन भएपनि एकअर्कालाई आपत विपतमा सहयोग गर्न सहज बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्