रामेछापमा टाटासुमो दुर्घटना



रामेछाप ।

रामेछाप जिल्लाको खिम्तिमा ना१ज ८२७२ नम्बार टाटासुमो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।  खिम्तिमा तरुणदल रामेछाप क्षेत्र नं. १ को अधिवेशन सकेर तरुण दलका नेता कार्यकर्ता लिन मन्थलीतर्फ जाने क्रममा खिम्ती बजारबाट केही तल पुग्ने बित्तिकै दुर्घटना भएको हो । दुर्घटनामा परि सुमो चालक सञ्जय खड्का, युद्वबहादुर योगी, प्रेम नेपाली, रुद्रबहादुर सुनुवार, कमल सुनुवार, विनोद बुढाथोकी, चिनबहादुर दर्जी, धिरज खत्रीलगायतका तरुणदलका नेता कार्यकर्ता घाइते भएका छन् ।

गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि एम्बुलेन्सबाट गए राति नै काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको तामाकोसी सहकारी अस्पताल रामेछापमा उपचार भइरहेको छ । तीब्र गतिका कारण सुमो दुर्घटना भएको घाइतेहरुले बताएका छन् । घाइतेमध्ये चालक सञ्जय खड्का र अन्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्