दुनियाँलाई आश्चार्यचकित पार्ने सुदर्शन गौतमको जीवन संघर्ष



साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भनेझै झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर्दै आएका छन् । आँट र हिम्मत भयो भने असम्भलाई पनि सम्भवमा बदल्न सकिन्छ भन्ने उदाहरण हुन सुदर्शन गौतम । रामेछाप गुन्सी भदौरमा जन्मिएका गौतमले संघर्षको पहाड छिचोल्दै जीवनमा सफल बनेर प्रमाणित गरेका छन् ।

sudursan gutam 1
समय र परिस्थिले मानिसलाई कहाँ अवसर दिन्छ र कहाँ धोका दिएर साथ छोडछ भन्न सकिन्न । गौतमको जीवनमा पनि त्यस्तै नसोचेको विपत जीवनमा आइलाग्यो । कल्पना पनि नगरेको घटना जीवनमा घट्न पुग्यो । १३ बर्षको उमेरैमै गौतमले करेन्टको कारण दुवै हात गुमाउनु पर्यो ।

दुवै हात नपाएपनि उनले जीवनमा निराशा भेटेनन । आशा भेटे र विस्तारै आशालाई सफलताको कथासँग बुन्न थाले । दुवै हात नभएपनि गौतमले आफ्नै खाना बनाउने खाना खाने लगायको सबै काम आफ्नै गर्न अभ्यास गरे र सफल भए । उनले अध्ययनलाई पनि एक साथ अगाडि बढाए । खुट्टाले लेख्न सुरु गरे । खुट्टाले लेखेरै एसएलसीमा राम्रो अकं ल्याएर पास गर्न पनि सफल भए ।

हात गुमाए पनि गौतमले जीवनमा केही गर्नुपर्छ भन्ने हिम्मत र आँट गुमाएनन । निरन्तर रुपमा प्रयास गरे सफल भइन्छ भन्ने अठोट उनले मनमा राम्रोसँग सङगालेर राखे । कक्षा ९ मा अध्ययन गर्दा दुवै हात गुमाएपछि खुट्टाले लेखेर एमबीएस गरेका गौतमले क्यानडाबाट सोसल डेभलपमेन्टमा डिग्री गरेका छन ।

gautam car

उनी खुट्टाले हात सरह कम्प्युटर र मोवाइल सहजै प्रयोग गर्न सक्छन । २०४५ साल मै कम्प्युटर डिम्लोमा कोर्ष गरेका गौतम नेपाल कमर्श क्याम्पसमा विद्यार्थी नेता समेत भए । नेपालमा पहिलो पटक खुट्टाले मात्र साधारण कार चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका गौतमले अहिलेसम्म कहिल्यैपनि पछाडि फर्कनु परेको छैन । उनीसँग अहिले क्यानडाको लिगल ड्राइभिङ लाइसेन्स समेत छ ।

अझ रोचक त २०६९ सालमा दुवै हात विना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर गौतमले दुनियालाई चकित बनाइदिए । गौतमको जीवनी पत्याउन नसकिने खालको छ । आत्मविश्वास, साहस र धैर्यताका प्रतिमूर्ति हिम्मतवाला नायको रुपमा स्थापित गर्न सफल भएका छन् ।

नेपालमा पहिलो पटक खुट्टाले मात्र साधारण कार चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका गौतमले अहिलेसम्म कहिल्यैपनि पछाडि फर्कनु परेको छैन । उनीसँग अहिले क्यानडाको लिगल ड्राइभिङ लाइसेन्स समेत छ ।

Sudarsan gutam

०५५ सालमा प्रतिष्ठित १५ वटा संस्थाहरुको सामुहिक सक्रियतामा गठन भएको ‘नेपालीले नेपालीलाई सहयोग समिति’को अध्यक्ष भएर गौतमले दुर्गम जिल्ला मुगुमा करिव ५ वर्षसम्म सेवा समेत गरे । नेपालमा राजनीतिक द्धन्दका कारण विरक्तिदै २०६२ सालमा क्यानडा पुगेका गौतम हाल क्यानडाकै नागरिक हुन ।sudarsan gutam 3

उनी अमेरिकाको ग्रीनकार्ड प्राप्त रेस्टुरेन्ट व्यवसायी समेत छन् । गौतम राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५ सय भन्दा बढी अवार्डबाट सम्मानित भइसकेका छन । क्यानडा सरकारले गौतमलाई ‘हल ओफ फेम’ नामको सम्मान गरेको छ । उक्त सम्मान पाउने गौतम पहिलो आप्रवासी हुन । २०७१ सालमा रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ को नायकको रुपमा अभिनय गरेपछि फिल्मी क्षेत्रमा पनि गौतमको नाम चर्चित बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्