रामेछाप तरुण दलको अध्यक्षमा खड्का



१४ भदौ, रामेछाप ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको अध्यक्षमा काजी बहादुर खड्का (निदेश) निर्वाचित भएका छन् । सदरमुकाम मन्थलीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । जीत बहादुर केसी र सूर्य बहादुर श्रेष्ठलाई पराजित गर्दै खड्काले बाजी मारेका छन् ।

dinesh khadak

दरुण दलको उपाध्यक्षमा रमेश थोकर, सचिवमाा विश्वराज कोइराला, कोषाध्यक्षमा योगेश श्रेष्ठ चयन भएका छन् । अधिवेशनमा जिल्लाभरबाट २ सय ९९ जना प्रतिनिधि रहेका थिए । खडकाले १४५ मतले विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी जीत बहादुर केसीले ४५ मत ल्याएका थिए । तरुण दलको रामेछाप क्षेत्र नम्बर १ को अध्यक्षमा विमल घिसिङ र क्षेत्र नम्बर २ बाट चन्द्र घिसिङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्