पदक विजेता भगवती माझीलाई सम्मान



१४ भदौ, रामेछाप ।
थाइल्याण्डको फुकेटमा भएको चौथो एशियन बिज गेममा नेपालको तर्फबाट साम्बो खेलमा कास्य पदक जित्न सफल रामेछाप भटौलीकी भगवती माझीलाई सम्मान गरिएको छ ।मन्थलीमा आयोजित कार्यक्रममा दक्षिण एसियाली जुडो खेलाडी रेमश मगर, कुरा खेलाडी÷ प्रशिक्षक प्रताप घिसिङलाई पनि सम्मान गरिएको थियो ।

khiladi

माझीले नोभेम्वर १३ देखि २४ सम्म भएको एशियन खेलमा तुर्कि्मिस्तानसँग उप विजेता बन्दै कास्यपदक जितेकी हुन् । नेपालले खेलेको तीनवटा खेलमध्ये साम्बो खेलमा कास्य पदक जितेको थियो । यसैगरी सम्मान समारोहमा बोल्दै पदक विजेता माझीले आगामी दिनमा नेपाललाई साम्बो खेलमा स्वर्णपदक दिलाउन सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । रामेछापमा जन्मिएर अन्तर्राष्ट्रिय खेलमा नाम चम्काउन सफल भएको भन्दै खेलाडीहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्