बहिनी बलात्कार गर्ने विश्वकर्मालाई ६ बर्ष कैद



१४ भदौ, रामेछाप ।
बहिनी बलात्कार गर्ने रामेछाप ठोसे–३का प्रेमबहादुर विश्वकर्मालाई रामेछाप जिल्ला अदालतले ६ बर्ष कदै फैसला गरेको छ । जिल्ला अदालत रामेछापले विश्कर्मालाई ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले विश्वकर्मालाई नाताले बहिनी पर्ने एक बालिकालाई बलात्कार गरेको अभियोगमा ५ बर्ष र हाडनाता पर्ने भएकाले थप १ बर्ष गरी ६ बर्ष कैदको फैसला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्