डिएसपी ढुंगेलले भने–घुस लिने र दिने ठिक पार्छु



१७ भदौ, रामेछाप ।
रामेछाप जिल्लाका प्रहरी प्रमुख कुमोध ढुंगेलले तीन महिनाभित्र जिल्लाको शान्ति सुव्यवस्थामा परिवर्तन आउने बताएका छन् । जिल्लामा पहिलो पटक प्रहरी नायव उपरीक्षकको रुपमा आएका प्रमुख ढंगेलले प्रहरीले सुव्यवस्ता कायम गर्न प्रभावकारी काम गर्ने बताएका हुन् ।

dsp kumoda
शुक्रवार मन्थलीमा आयोजित पत्रकार सम्मेलमा प्रमुख ढुंगेलले भने,‘म घुस दिने र लिने दुबैको बिरोधी हुँ, रामेछापमा यस्ता क्रियाकलाप भएको थाहा पाए तत्काल कावाही गर्छु ।’ उनले आपूmले अहिलेसम्म कसैसँग एक रुपैया पैसा नलिएको दावी गर्दै कसैले लिएको छ भनेर भन्छ भने आपूm सामु ल्याउन चुनौती दिए । जिल्लामा जनताको काम गर्दा प्रहरीले पैसा लिएको थाहा पाए तत्काल खबर गरेर आफूलाई सहयोग गर्न आग्रह पनि प्रहरी प्रमुख ढुंगेलले नागरिकसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्