भुकम्प पीडितलाई ३ लाख सहित २ लाख ऋण



भदौ १९, काठमाडौं ।
भुकम्प गएको डेढ बर्षपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्प पीडितहरुलाई तीन लाख अनुदान सहित २ लाख रुपैयाँ ऋण सहुलिय प्रदान गर्ने बताएका छन् । प्रधानमन्त्री भएपछि भुकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता रकम उपलब्ध गराउने घोषणा गरेका प्रचण्डले सरकार गठन भएको एक महिनापछि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar

भुकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा सरकारले काम गरिरहेको बताउदै प्रचण्डले भने,‘तीन लाख रुपैयाँ अनुदान र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको छ, छिट्टै प्रदान गछौ ।’

प्रधामन्त्री प्रचण्डले छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न निर्देशन दिएको बताउदै भुकम्प पीडितको सूचिमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको बताए । आइतावार सिन्धुपाल्चोका सांसदहरुको टोलीले बुझाएको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री प्रचण्डले भुकम्प पीडितको समस्याको बारेमा सरकार चिन्तित र गम्भीर रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्