पेट्रोलिय पदार्थको मुल्य नबढाउन निर्देशन



भदौ २२, काठमाडौं ।
सरकारले दशैं तिहार छठ पर्व अवधिभर पेट्रोलिय पदार्थको मुल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छ । आपूर्ति मन्त्री दीपक बोहोराले तत्कालको लागि पेट्रोलियम पदार्थको मुल्य घटबढ नगर्न र असोज १ गतेदेखि कार्तिक २१ गतेसम्म मुल्य समायोजन नगर्ने निगमलाई निर्देशन दिएका छन् ।

नेपालीहरुको मुख्य चाडपर्वका समयमा अन्तर्राष्ट्रिय बजार मुल्य बमोजिम समायोजन गर्दा उपभोक्तामा मार पर्ने र इन्धनको समेत अभाव हुने अवस्था आउने भएकाले मन्त्री बोहारले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्