रामेछापमा ७१ प्रतिशत महिलाहरु स्वस्थ्य संस्था बाहिरै सुत्केरी



२२ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा ७१ प्रतिशत महिलाहरु अहिले पनि स्वास्थ्य संस्था बाहिर नै सुत्केरी हुने गरेका छन् । प्रत्येक गाविसमा स्वास्थ्य चौकी र दुई वटा नगरपालिमा स्वास्थ्य संस्था भएपनि जिल्लाका महिलाहरु जोखिमपूर्ण रुपम सुत्केरी हुने गरेका छन् । प्रसुति अवस्थामा जोखिम हुने भएपनि सहज रुपमा सुत्केरी गराउने भरपर्दो स्वास्थ्य संस्था नहुँदा ग्रामिण क्षेत्रमा अहिले पनि भगवानै भरोसामा सुत्केरी गराउने परम्परा कायमै रहेको छ ।

jill sawatheya karyalya
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक केवश फुयालले जिल्लामा २० बर्ष भन्दा कम उमेरमा बच्चा जन्माउनेको संख्या ५ प्रतिशत रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो पटक गर्भ जाँच गर्न आउने महिलाको संख्या ६३ प्रतिशत छ । जिल्लामा गर्भावस्थामा गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा जाने महिलाको संख्या समेत न्युन रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेपनि अपेक्षा अनुसारको परिवर्तन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालले बताएको छ । रामेछाप जिल्लामा हाल ६८ वटा स्वस्थ्य संस्थाले सेवा प्रदान गर्दै आएका छन् । जस मध्ये ३० वटा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा छ । तर पनि चेतनाको कमीको कारणले गर्भवती महिलाहरु नियमित रुपमा चेकजाच नगराउने नजाने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्