डहु मावि रामेछाप जिल्लाकै उत्कृष्ट



२२ भदौ,  रामेछाप ।
रामेछाप जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित गर्दै आएको डहु मावि डहुले यस बर्ष पनि चार वटा विषयगत सिकाई उपलब्धिमा सामुदायिक विद्यालय मध्ये प्रथम हुन सफल भएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापका अनुसार शैक्षिक सत्र २०७२ को एसएलसीको परीक्षाको नतिजामा चार वटा विषय अंग्रेजी, गणित, विज्ञान र जनसंख्या तथा वातावरण शिक्षा विषयमा प्रथम भएको हो ।

dahoo.jpg 1

प्रथम हुने डहु मावि डहुलाई विहिवार जिल्ला शिक्षा कार्यालय रामेछापले अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रअ दवबहादुर लामाले बताए । उनले भने,‘हामीले जिल्लामा नमुना शिक्षा प्रदान गर्न सफल भएका छौ, शिक्षक विद्यार्थी र अभिभावको साथ सहयोगले नै हामीले सफल हुन सकेका हौ ।’

रामेछाप जिल्लामा झण्डै ८६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । प्रथम हुने विद्यालयबाट चार विषय अंग्रजीमा नेमा लामा, गणितमा अशोक कुमार सिंह, विज्ञानमा दलबहादुर लामा, जनसंख्या तथा वातावरणमा मिना दोङलाई जिल्ला शिक्षा कार्यालय रामेछाप सम्मान गर्न लागेको हो । गत बर्ष पनि अंग्रजी, गणित, विज्ञान, जनसंख्या तथा वातावरण र सामाजिक विषयमा डहु मावि डुह प्रथम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्