चैत्रभित्र स्थानीय तहको निर्वाचन



२३ भदौ, काठमाडौं ।
ढेड दशकदेखि हुन नसकेको स्थानीयत तहको निर्वाचन आगामी चैत्रभित्र हुने भएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार चैत्रभित्र स्थानीय तहको निर्वाचन हुने भएको हो । ढेड दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा विकास निर्माणका कामदेखि नागरिक समस्या सम्बोधन गर्न कठिनाई हुँदै आएको छ ।

election-commision-of-nepal

नयाँ संविधान अनुसार २०७४ माघ ७ गतेभित्र स्थानीयत तह प्रादेशिक र केन्द्रीय तहको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । संविधान कार्यान्वयन गर्नको लागि पनि सबै तहको निर्वाचन समयमा सम्पन्न गराउनुपर्ने हुन्छ । सोही अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । स्थानीय तहको निर्वाचन अघि हाल स्थानीय तहको क्षेत्र निर्धारण र संख्यामा भने तीन दलबीच नै विवाद रहदै आएको छ ।
स्थानीय तहको पुर्नसंरचना गर्नको लागि राज्य पुर्नसंरचना आयोगले काम गर्दै आएको छ । तर पनि तराई मधेसका क्षेत्रमा आयोगले काम अगाडि बढाउन सकेको छैन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने स्थानीय तहको पुर्नसंरचना गर्नु अघि सीमाकंनका रहेको विवाद समाधान गर्न संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएको छ । सोही अनुसार सरकारले सीमाकंन लगायतको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने गृहकार्य गरेको छ ।
राज्य पुर्नसंरचना आयोगले ५६५ स्थानीय तह हुनुपर्ने सिफारिस गरेको छ । तर सत्तारुढ कांग्रेस माओवादीले भने स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड दिदै आएको छ । स्थानीय तहको संख्यामा र क्षेत्र निर्धारण विवाद गर्दा स्थानीय तहको निर्वाचन गर्न कठिनाई हुने भएकाले प्रधानमन्त्री प्रचण्डले हाल कायम रहेको ९२७ इकालालाई नै स्थानीय तह कायम गरेर निर्वाचन गर्नुपर्ने बताउदै आएका छन् ।

तर तीन दलबीच स्थानीय तह पुनसंरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समिति माार्फत प्रतिवेदन बनाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमति भएको छ । तीन दलले फागुन–चैत्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रारम्भिव सहमति गरेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सरकारलाई सहयोग गर्न चैत्रसम्म व्यवस्थापिका संसदमा कुनै अबवरोध नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्