भुकम्प पीडितलाई ८ लाख रुपैयाँ दिने सरकारको घोषणा



२३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् । प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताए । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको तर, यसमा समेत सन्तुष्ट नभएको बताए ।

IMG_4926

४५ दिनभित्र पहिलो किस्ता दिने आफ्नो निर्णय रहेको भन्दै उनले यसमा ढिलासुस्ती मान्य नहुने बताए । भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान अपर्याप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक लाख थप्ने घोषणा गरे । यस्तै सामूहिक जमानीमा ३ लाख निव्र्याजी ऋण दिइने प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका छन् ।

भूकम्पका कारण आवाससँगै पेशा र रोजगारी गुमाएका परिवारलाई स्वरोजगारमुलक व्यवसायी संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण व्याजदरमा २ लाखसम्म ऋण दिइने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘यसरी प्रभावित परिवारले ८ लाखसम्मको सहयोग र सुविधा प्राप्त गर्नेछन् ।’ ५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपविकास तालिम सञ्चालन गरिने उनले बताए ।प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाही र समय अगावै सक्नेलाई पुरस्कार दिइने बताए । साथै ४० ठाउँमा भूकम्पपूर्व चेतावनी दिइने केन्द्र स्थापित गरिने समेत घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्