रामेछापका उत्कृष्ट शिक्षक र विद्यार्थीहरु सम्मानित



२३ भदौ, रामेछाप ।
रामेछाप जिल्लाबाट २०७२ को एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउने शिक्षक र विद्यार्थीहरु सम्मानित भएका छन् । ३७ औ राष्ट्रिय शिक्षा दिवस तथा ५० औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

dalbhandur-lama

समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी भन्ने मूल नाराका साथ भएको कार्यक्रम जिल्ला शिक्षा अधिकारी खुवीराम अधिकारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीकोले उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरेका हुन् ।
एसएलसी परीक्षामा सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका एक÷एक जना विद्यार्थी र एसएलसी परिक्षामा सबैभन्दा धेरै विद्यार्थीहरुलाई उत्कृष्ट स्थानमा सफल गराउने विषयगत शिक्षकहरुलाई पनि सम्मानित गरिएको थियो । सामुदायिक विद्यालयहरुबाट नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थीहरु उत्कृष्ट स्थानमा भैरवी माविबाट भएका थिए । त्यसैगरी सामाजिक विषयमा श्री मावि भंगेरीबाट भएका थिए । बाँकी सबै विषयमा मावि डहु वेथानका विद्यार्थीहरुले उत्कृष्ट स्थान प्राप्त गरेका थिए ।

सोही कार्यक्रममा दीर्घ सेवागरी निवृत्त हुन लागेका शिक्षहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति लवश्री न्यौपाने, एमाले उपाध्यक्ष प्रेम तामाङ, नेकपा माओवादीका पूर्व सभासद एवं नेता तारानारायण श्रेष्ठ लगायतले रामेछाप जिल्लाको शिक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्