डा. गोविन्द केसीले दिए सरकारलाई ८ दिने अल्टिमेटम



२५ भदौ, काठमाडौं ।
प्रा. डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ८ दिनको अल्टिमेटम दिएका छन् । उनले ८ दिनभित्र पनि आफुसँग भएको सम्झौता कार्यान्वयन नभए असोज ३ गते अर्थात संविधान जारी भएकै दिनबाट नवौ आमरण अनशन बस्ने बताएका हुन् ।

dr-govind-kc

सम्झौताप्रति सरकार गम्भीर नभएको निष्कर्ष निकाल्दै डा. केसीले शनिवार विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा ऐन नआउँदा आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदन विपरीत नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने खोजिएको बताएका छन् ।

जारी विज्ञप्तीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने आफ्नो माग सुनुवाई हुनुको सट्टा सार्वजनिक महत्वको प्रस्तावमाथि समेत छलफल नहुनुको साथै चिकित्सा शिक्षा ऐन अघि बढाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्