रामेछापका ३७ वटा विद्यालयहरु गाभिए



२६ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा विद्यार्थीहरुको संख्या कम भएका ३७ वटा विद्यालयलाई गाभिएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापले विद्यार्थीहरु कम रहेको विद्यालयलाई गाभेको हो । जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यार्थीहरु कम भएको विद्यालयलार्य क्रमश गाभिदै लैजाने तयारी गरेको छ ।

ramechha-school

रामेछापका प्रमुख जिल्ला अधिकारी खुविराम अधिकारीले आगामी दुइ बर्षभित्र १५ देखि १६ वटा प्रावि विद्यालयहरु गाभिने बताए । जिल्ला शिक्षा कार्यालयले गाभिएका विद्यालयका शिक्षकहरुलाई शिक्षक कम भएका विद्यालयमा पठाएको छ ।

शैक्षिक क्षेत्रका सुधारका लागि विद्यालय गाम्नुको अर्को विकल्प नभएको जिल्ला शिक्षा कार्यालयले बताएको छ । रामेछापमा ९० वटा मावि भएकोमा २८ वटा माविमा एउटा पनि दरबन्दी नभएपनि अहिले २८ मध्य ९ वटा माविमा दरबन्दी मिलान गरी पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्