अब रामेछापका २२ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन



२७ भदौ,रामेछाप ।
असुरक्षित गर्भपतनको कारण गर्भवती महिलाहरुले अकालमा नै ज्यान गुमाउन नपरोस भनेर जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जिल्लाका २२ स्वास्थ्यमा गर्भपतन सेवा उपलब्ध गराउने भएको छ । असुरक्षित गर्भवतन हुने संख्या बढ्दै गएकाले स्वास्थ्य कार्यायले आर्थिक बर्षबाट २२ स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराउने भएको हो ।

garvapatan

मन्थलीमा आयोजित कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद साहले भर्वपतन अत्यन्त संवेदनशिल काम भएकोले यसमा सम्बन्धित सारोकारवालाको ध्यानाकर्षण गराएको बताए । जिल्लाका प्रसुति सेवा सञ्चालन भई रहेका स्वस्थ्य संस्थाहरुमध्ये सुरक्षित गर्भपतनको तालिम प्राप्त जनशक्ति सहित २२ स्वास्थ्य संस्थामा कार्यक्रम सुरु गर्ने बताए ।
औषधी खुवाएर गरिने गर्भपत सेवा र सर्जरी गरेर गरिने २ खालका सेवा रहेको बताउदै डा. साहले १२ हप्तासम्मको गर्भ औषधी खुवाएर पतन गर्ने सकिने भए पनि १२ हप्ता माथिको गर्भपतन गराउँदा सर्जरी गर्नु पर्ने बताए । जिल्ला अस्पताल रामेछाप र तामाकोसी सहकारी अस्पताल मन्थलीमा सर्जरी मार्फत गरिने गर्भपतन सेवा रहेको बताउदै उनले यो बाहेक सबै स्वास्थ्य संस्थामा औषधी खुवाएर गरिने गर्भपतन सेवा सञ्चालन गर्न लागिएको बताए ।

रामेछाप जिल्लामा गएको आर्थिक वर्षमा १६२ जनाको औषधी खुवाएर तथा ३५ जनाको सर्जरी गरी गर्भपतन गराइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तथ्याङले देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ एकीकृत चिकित्सा अधिकृत डा. झलक गौतमले विश्वमा ४० प्रतिशत महिलाहरु विना योजन गर्भवती हुने गरको जानकारी दिए । साथै गर्भपतन गराउने महिला मध्ये ४९ प्रतिशत महिलाले अझै पनि असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्