सवारी चलाउदै फोन उठाए लाइसेन्स खारेज हुने



२७ भदौ, काठमाडौं ।
सवारी चलाउदै चलाउदै फोन आएर उठाउदै हुनुहुन्छ होस गर्नुहोस । सवारी साधन चलाउदै फोन उठाउने क्रममा दुर्घटनाको संख्या बढेपछि अब ट्राफिक प्रहरीले यस्ता चालकको लाइसेन्स खारेज गर्ने भएको छ । सवारी साधन चलाउने चालकको ट्राफिक प्रहरीले ६ महिनासम्म सवारी अनुमतिपत्र लाइसेन्स खारेज गर्ने प्रस्ताव यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ ।

talking_driving

यातायात व्यवस्था विभागमो महानिर्देशक चन्द्रमान श्रेष्ठले सवारी सञ्चालन गरिरहेको समयमा मोबाइलमा कुराकानी गरेको पाइएमा चालको लाइन्सेन निलम्बन गर्ने प्रावधान अगाडि सारेको बताए । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयारी पारेको मस्यौदामा सवारी चलाउदा मोबाइलमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरेको हो । संसदले पास गरेपनि उक्त यो निमय लागू हुनेछ ।

प्रस्तावित नियम अनुसार एक पटक भन्दा बढी मापासे कारवाहीमा परे ६ महिना लाइसेन्स निलम्बन हुनेछ । लापरवाहीका कारण सवारी दुर्घटना भए वा यात्रुको मृत्यु भएमा पनि चालकको लाइसेन्स खारेज हुनेछ । नयाँ प्रस्तावमा सार्वजनिक सवारीदेखि मोटरसाइलक तथा नीजि सवारीले सिट क्षमताभन्दा बढी यात्रु बोकेमा ६ महिनाका लागि लाइसेन्स निलम्बन गर्ने नियम अगाडि सारिएको महानिर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्