नेपालको प्रश्न–प्रचण्ड लम्पसार पर्छन कि ?



२७ भदौ, रामेछाप ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भारतलाई नेपालकलो सार्वभौमसत्तको सम्मान गर्न आग्रह गरेका छन् । उनले भारतले नाकाबन्दी गर्दा केपी ओली नेतृत्वको सरकारले परीक्षा पास गरेको बताउदै नेपाललाई नहेप्न भारतलाई चेतावनी दिनुभएको हो ।

madhav_kumar_nepa

नेकपा एमाले सोमवार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यक्रमलाई गर्दै नेता नेपालले एमाले सँधै राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको दाबी गरे । भारतप्रति प्रश्न गर्दै उनले भने,‘‘तपाईँले हाम्रो राष्ट्रिय स्वाभिमानको सम्मान गर्नुहोस, हामी पनि तपाईँको राष्ट्रिय स्वाभिमानको सम्मान गर्छौं । नेपाली स्वाभिमा कति उचा छ भन्ने कुरा नाकावन्दी लाएको बेला देखिसक्नु भएको छ ।’

नेता नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको परीक्षा भारत भ्रमणको बेला हुने बताउदै नेता नेपालले भने,‘भारत भ्रमणको बेला प्रचण्ड भारत सामू लम्पसार परेर मेरा प्रभु भन्छन् कि नेपालको झण्डा उचो बनाउँछन, त्यो हेर्न बाँकी नै छ ।’ उनले आफूले प्रचण्डलाई भेटेर राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन सुझाव दिएको पनि बताए ।
५६५ गाउँपालिकाको प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताउदै गाउपालिकाको संख्या घटाउँदा नगरिकलाई राज्यको सेवाबाट टाढा पार्ने काम मात्र हुने उनले बताए । गाउँपालिकाको संख्या एक हजारदेखि १५ सयसम्म र्पुयाउनु पर्न भन्दै नेता नेपालले भने ‘जनतालाई राज्यको पहुँचबाट टाढा रख्ने कुरा स्वीकार्य हुँदैन, यो बेठिक भएको छ, यसलाई सच्याउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्