नेपाल वद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ नियुक्त



२९ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । मुकेश काफ्लेले पदबाट राजीनामा दिएपछि सरकारले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

kulman-ghising-png-1

त्यसैगरी मन्त्रीपरिषद्को बैठकलेसात वटा प्रदेशमा सात उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ ।प्रदेश राजधानी नतोकिएको अवस्थामा अहिलेलाई बिराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, वीरेन्द्रनगर तथा दिपालयमा उच्च अदालत स्थापना गर्ने निर्णय गरको सरकार प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले बताए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नयाँ सन्धि सम्झौता नगर्ने निर्णय समेत बैठकले गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्